३० आश्विन २०८१, बुधबार

स्विमिङ पुल बनाउँदै विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक  विप्लव सी स्विमिङ पुल निर्माण कार्यमा आज दिनभर श्रममा व्यस्त रहेका छन् । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य  विमर्शले जानकारी दिएका छन्  । 

उनका अनुसार स्विमिङ पुल नेकपा र स्थानीय जनताको स्वामित्वमा रहने छ । १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको उक्त स्विमिङ पुल बनाउन महासचिव  विप्लवसहित केन्द्रीय कार्यालय र नेकपा कपिलवस्तु जिल्ला कमिटीले श्रमदान गरेका छन् । 

निर्माण कार्यमा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटब्युरो सदस्यहरू विजय, कृति, असल, सञ्जीव, केन्द्रीय सदस्यहरू सुशील, अडिग, कपिलवस्तु सेक्रेटरी पावेल र स्थानीय कार्यकर्ता लगायत सय जना बढीको सहभागिता रहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।