३० आश्विन २०८१, बुधबार

युवा संगठन नेपाल बागमती प्रदेशकाे संयुक्त जिल्लाहरुकाे प्रशिक्षण सम्पन्न

0

युवा संगठन नेपाल बागमती प्रदेशले “समाजवादी युवामैत्री संगठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत
संयुक्त जिल्लाहरुकाे प्रशिक्षण सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले आफ्नै देशमा युवाहरुले जबसम्म देशमा उत्पादनलाई ध्यान दिदैन तबसम्म देश विकास नहुने बताए ।

युवा संगठन नेपालका बागमती प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव अनिल सीको अध्यक्षतामा भएको संयुक्त जिल्लाहरुकाे प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि पार्टीका पिबिएम तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सी रहेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवाहरुले नयाँ ढंगले बुझेर देशमै युवा युवतीलाई एकाकार बनाएर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा अतिथिहरु काठमाडौँ जिल्ला युवा फ्याक्सन इन्चार्ज रवि सी, बागमती प्रदेश सदस्य तथा महानगर सेक्रेटरी दिपक सी, संगठनका संचिवलय सदस्यहरु बासु सी, अजय सी, छेम्बे सी लगाएत युवाका नेता कार्यकर्ताहरुकाे उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।