
देशका अन्य भूभागमा जसरी नै मधेस प्रदेशमा पनि मंगलबार विहानैदेखि भीषण वर्षा भइरहेको छ । लाल बकैया, बाँके, लखन्देही, रातु, कमला लगायत खोलाहरुमा जलसतह बढ्न थालेको छ । सोमबार विरगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेन्टीग्रेट पुगेको थियो । स्थानीय सरकारहरुले अत्यधिक गर्मीको कारण भन्दै धमाधम विद्यालयहरु बन्द गरेका थिए । तर आजबाट विद्यालयहरु खुलेका छन् । बंगालको खाडीबाट आएको जलयुक्त चिसो हावा र स्थानीय जलवायुको कारण देशभरी वर्षातको सम्भावना रहेको कारण फूल खेल्दै गरेको धानबालीमा सकारात्मक प्रभाव पार्नेछ ।
प्रतिक्रिया दिनुहोस्