३० आश्विन २०८१, बुधबार

धनुषामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

0

धनुषाधाम वडा नं.७ सरस्वतीपुरमा अखिल (समाजवादी) जिल्ला समिति धनुषाले आज एक कार्यक्रम गर्दै शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यार्थीहरूको न्यूनतम आवश्यकता पूरा गर्ने उद्देश्यले विद्यालयमा कापीकलम लगायतका सामग्रीहरू वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा नेता शिला सीले  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले अहिलेको युगमा सबैले शिक्षामा लगानी गर्नपर्ने बताइन् ।

त्यस्तै अर्को वक्ता अटल सीले विद्यार्थीहरुको यो समय दृष्टिकोण निर्माण गर्ने बेला भएकोले विज्ञान, प्रकृतिमा आधारित भौतिकवादी चेतना निर्माण गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे सकारात्मक, नकारात्मक विषयहरुलाई हेर्नपर्ने बताए ।

उनले शिक्षा नै सफलता र उन्नतिको मार्गमा अग्रसर गराउने साधन भएकोले विद्यार्थीहरुलाई जुनसुकै चुनौती सामना गर्नुपरे पनि आफ्नो सपना कहिल्यै छोड्न नहुने बताए । 

उनले शिक्षक, अभिभावक, विद्यार्थी, समाज सबै एकजुट भएमामात्र शिक्षा राम्रो हुनसक्ने विषय राखे ।

कार्यक्रमको सभापति तथा संचालक रमन सीले सीले आफुहरु सेवाकार्यमा निरन्तर जोडिने जानकारी गराए ।

कार्यक्रमबाट २ दर्जन विद्यार्थीहरु लाभान्वित हुने शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता शिला सी, अतिथिहरु अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सी, नेकपा धनुषा जिल्ला सदस्य बिहारी सी र मोनिका सी लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।