२३ भाद्र २०८१, आईतवार

विद्यार्थी सपना मण्डलको खोजी कार्यको लागि दबाब स्वरूप धनुषामा प्रदर्शन

0

अखिल (समाजवादी)धनुषा जिल्ला समितिले ५३ दिनदेखि बेपत्ता जनता मा.वि. एदुकहमा अध्ययनरत विद्यार्थी सपना मण्डलको खोजी कार्यको लागि दबाब स्वरूप आइतबार प्रदर्शन गरेको छ । यदुकुवा चोकमा उक्त संगठनले प्रदर्शन गरेको हो ।

सहिद नगरपालिका यदुकुहा वडा नं.३ स्थित जनता मा.वि.मा कक्षा सातमा अध्ययनरत छात्रा सपना मण्डल रहस्यमय ढंगले बेपत्ता भएपछि अखिल (समाजवादी)ले यो भन्दा अगाडि जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरोकारवाला निकायहरुमा ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।

आइतबार जिल्ला इन्चार्ज रमन सीको नेतृत्वमा निस्केको र्यालीमा बेपत्ता नबालिका सपना मण्डलको खोजि गर, अखिल (समाजावादी) जिन्दावाद, लाचार गृह प्रशासन मुर्दावाद, दोषीलाई करवाही गर, पिडितलाई न्याय दे, छात्राहरूको सुरुक्षाको ग्यारेन्टी गर, चेलि बेटी बेच्न पाइदैन जस्ता नारा लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।