भदौ २ गते नेकपा धनुषाले मिथिला नगरपालिका -१०, लालगढस्थित जगत बालभक्त अमर प्रतिष्ठानमा रामवृक्ष यादवकाे वृक्षारोपणसहित ३१ औँ स्मृति दिवस मनाएको छ । विभिन्न जातका ३१ वटा विरुवा साे अवसरमा राेपिएकाे धनुषा जिल्ला सचिव राजन सीले जानकारी दिएका छन् ।
वृक्षारोपण राेपण पश्चात् भएको स्मृति सभालाई पार्टीका पिबिएम तथा धनुषा जिल्ला इन्चार्ज देवनारायण सीले सम्बाेधन गरेका थिए । राजन सीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला नेताहरु दिपेन्द्र, मनाेज, मन्दिरा, राज कुमारी लगायत नेताहरू उपस्थित थिए ।
सधैं झैँ यो वर्ष पनि नेकपाले देशभरि रामवृक्ष यादव स्मृति दिवस मनाएको छ ।
प्रतिक्रिया दिनुहोस्