
बर्दिबास – नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशले सहिद रामवृक्ष यादवलाई सम्झिएको छ । सोमबार बर्दिबासस्थित पार्टी कार्यालयमा भएको सहिद रामवृक्ष यादव स्मृति सभा तथा अन्तरक्रियामा गर्दै सम्झिएको हो ।
सो अन्तरक्रियामा प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले ‘सहिद’ रामवृक्ष यादवको सपना पूरा गर्न पार्टी लडिरहने’ प्रतिबद्धता जनाएका छन् । यादवलाई २०५१ साल भदौ २ गते कांग्रेस कार्यकर्ताले हत्या गरेको नेकपाको आरोप रहँदै आएको छ ।
यादव मधेसका लोकप्रीय नेता तथा लेख कवि थिए । जनयुद्धको तयारी चल्दै गर्दा मधेसमा कम्युनिस्ट प्रभाव रोक्ने दुरासयले भएको ठानिएको छ ।
प्रतिक्रिया दिनुहोस्