
कटारी ४ स्थित मा.वि. मरुवाको आयोजनामा “हरित विद्यालय, स्वच्छ विद्यालय! बिरुवा रोपौं, वातावरण जोगाऔं !!” भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कटारी–४ स्थित मरुवा मा.वि.मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पौड्यालको नेतृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त वृक्षारोपण कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, डिभिजन वन कार्यालयका प्रमुख अनिरुद्र शाह, मरुवा हरित सामुदायिक वनका अध्यक्ष दिनेश कार्की, जौबारी टोल विकास समितिकी अध्यक्ष सीता भुजेल, सचिव राधा मगर, अड्डाकुना बासी, विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यस अभियानमार्फत वातावरण संरक्षण र हरियाली विस्तारलाई विद्यालय स्तरबाटै सुरुवात गर्ने उद्देश्य राखिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथिहरूले विद्यालय परिसरमा बिरुवा रोपेर वातावरणीय सचेतना जगाउने सन्देश दिएका थिए ।
विद्यालय परिवारले कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित भई सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझै प्रभावकारी रुपमा हरित अभियान अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।