
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला समितिले दुइ महिने राजनीतिक तथा साङगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको सदरमुकाम गाइघाट स्थिति पार्टी कार्यालयमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सी को अध्यक्षतामा सम्पन्न तेस्रो वैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
शुक्रबार सम्पन्न भएको नेकपा उदयपुरको बैठकले आगामी मङ्सिर ४ गते हुन गइरहेको चुनावले विद्यमान मुलुकको राजनीतिक/आर्थिक संकट हल गर्ने भन्दा पनि पुरानै पार्टी र नेताहरुको सत्ता स्वार्थ र भागवण्डालाइ मात्रै सुनिश्चित गर्ने भएकोले यसको खारेज गर्ने पार्टी निर्णयलाइ उदयपुरमा पनि दृढ कार्यान्वयन गर्ने निर्णय गरेको कुरा जिल्ला इन्चार्ज विबेक सी ले जानकारी दिएका छ्न।त्यस्तै बैठकले प्रचार प्रसर, भित्ते लेखन, पर्चा पम्पलेट वितरण, मशाल जुलुस र कोणसभा सहित अन्तक्रिर्याका कार्यक्रमहरु तिव्र पार्ने, निर्वाचन खारेजको निति लिएका अन्य संघ संगठनहरु सङ्ग सहकार्य गर्ने, रिक्त रहेको जिल्ला सेक्रेटरीको जिम्मा मिन प्रसाद सी लाइ दिने निर्णय समेत गरेको कुरा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न नवौ महाधिवेशन पछिको दोस्रो बैठकले पारित गरेका निर्णयहरुको परिपत्र र आगामी पार्टी काम बारे इन्चार्ज विवेक सी ले प्रशिक्षण मन्तव्य सहित योजनाको सम्प्रेषण गरेका थिए भने बैठकमा वैकल्पिक केन्द्रिय सदस्य प्रयास सी ले मन्तव्य राखेको कुरा जानकारी दिएयको छ ।