७ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी, भक्तपुरको चौथो पूर्ण बैठक सम्पन्न

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी, भक्तपुरको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी देब सीको अध्यक्षतामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

नवौं पार्टीको महाधिवेशनको केन्द्रीय समितिले गरेका निर्णय अनुसार मंसीर ४ गते हुने संसदीय चुनाव खारेज गर्ने निर्णय अनुसार जिल्ला पार्टीले पनि खारेजी अभियान चलाउने निर्णय गरेको छ ।

संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवाद स्थापनाको अपरिहार्यताबारे जनताको घरदैलोमा गएर सशक्त अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

कार्तिक १ गते कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पारित गरेको आगामी कार्यक्रमका बारेमा बैठकका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज आस्था सीले सविस्तार प्रशिक्षण दिनु भएको थियो ।

नवौं महाधिवेशनले संश्लेषण गरेको, अनिश्चय, रक्षा र रुपान्तरण – एकीकृत स्वामित्व प्रणाली -भुमण्डलीकृत पुँजीवाद – एकीकृत निर्वाचन प्रणाली/जनमत कार्यदिशा: एकीकृत जनक्रान्ति रणनीति: वैज्ञानिक समाजवाद नयाँ कार्यनीति: १) स्थानीय समाजवादी सत्ताको निर्माण २) राष्ट्रिय स्वाधिनताको रक्षा
नयाँ योजना: – नयाँ कम्युनिस्ट जातिको निर्माण (सि)
– अनिवार्य नियमित श्रम (२ महिनामा १ दिन हरेक सदस्य श्रममा अनिवार्य) लगायतका वारेमा उहाँले सविस्तार प्रशिक्षण दिनु भएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय सदस्य मीना सी , राजकुमारी सी, जिल्ला पार्टीका पूर्व सेक्रेटरी तथा वैकल्पिक केन्द्रीय सदस्य विजय सी र अखिल नेपाल जनसास्कृतिक महासंघका महासचिव कुशल सिको विशेष उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।