७ बैशाख २०८१, शुक्रबार

नेकपा उदयपुर लिम्चुङबुङ गाउँपालिकाको सम्मेलन सम्पन्न

0

अनिता गजमेर
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुर लिम्चुङबुङ गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलन जिल्ला पार्टी सेक्रेटरी लक्ष्मण पौड्याल र कार्यालय सचिव दुर्गा तामाङको उपस्थितिमा सम्पन्न भएको छ ।
सम्मेलनले टक बहादुर थापा मगरको नेतृत्वमा सात सदस्यीय पालिका स्तरीय कमिटी निर्वाचित गरेको छ । सम्मेलनमा माओवादी केन्द्रको पूर्व वडा अध्यक्ष, वर्तमान वडा सचिव, वडा सदस्य, काङ्ग्रेसको सक्रिय सदस्यहरु नेकपामा प्रवेश गरेको छन् ।
नवनिर्वाचित टिमलाई जिल्ला सेक्रेटरी लक्ष्मणले कार्यसफलताको शुभकामना दिदै उनले पार्टीको जिल्ला सम्मेलन र केन्द्रीय महाधिवेशन सफल बनाउन लागि पर्न सम्पूर्ण टिमलाई निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।