१५ बैशाख २०८१, शनिबार

सत्यवती -२ चेहेमीमा वडा सम्मेलन सम्पन्न

सेक्रेटरीमा गम्मर निर्वाचित

0

गुल्मी । नेकपा सत्यवती गाउँपालिका वडा नं. २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलननले गम्मरको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी सुमनले स्थानीय निकाय भ्रष्टहरुको अखडा भएको भन्दै संसदीय व्यवस्थाबाट श्रमिक वर्गका समस्या समाधान नहुने बताए । उनले सामूहिक ऋणको नाममा लघुवित्तिय संस्थाहरुले गरिब जनतामाथि चरम ज्यादती र उठीबास गरेको भन्दै उनीहरुलाई गाउँबाट लखेट्ने बताए ।

सत्यवती गाउँपालिका इन्चार्ज पुरुषोत्तमले संसदीय व्यवस्थाबाट जनताको समस्या समाधान नहुने भन्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागी एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य रुद्र श्रीस मगरले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुको सपना बाँकी रहेको भन्दै त्यसलाई पुरा गर्नपर्ने बताए ।

सम्मेलनको अवसरमा जनयुद्धका महान सहिद मनोजका आदरणीय आमा लक्ष्मी तरामुलाई सम्मान समेत गरिएको थियो । महान जनयुद्धका सहिद मनोजको योगदान र उहाँको फोटोमा माल्यार्पण गरी सपनाहरु पुरा गर्ने प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा वडा नं. २ अन्तर्गत चेहेमी, पाहादी, थुम्का र गुलम्दीबाट सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।