११ पुष २०८१, बिहीबार

‘चन्दा आतंक’बारे समाचारप्रति गम्भीर ध्यानाकर्षण छ : नेकपा गुल्मी

नेकपा गुल्मीले आफ्नो पार्टीको नाम जोडेर पार्टीले कारवाही गरेका केही अराजकहरुले चन्दाका लागी दवाव दिइरहेको सूचना आएकोले यसबारे भ्रममा नपर्न सम्पूर्ण गुल्मेली जनसमुदायलाई अपिल गरेका छन् ।

0

तमघास, गुल्मी । नेकपा गुल्मीले आफ्नो पार्टीको नाम जोडेर नयाँपत्रिका डटकममा ‘चन्दा आतंक’गरिएको भनि प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारको खण्डन गरेको छ ।
शुक्रबार साँझ जिल्ला सेक्रेटरी सुमनले एक वक्तव्य जारी गर्दै पार्टीको तर्फबाट ९ औं महाधिवेशन केन्द्रीत स्वेच्छिक सहयोगको अपिल गरिएको तर कसैलाई पनि दबाब दिएर चन्दा उठाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले पार्टीको विचार, नीति र आन्दोलनप्रति जनताको बढ्दो आकर्षणबाट विक्षिप्त भएका र पार्टीले कारवाही गरेका कतिपय समूह तथा व्यक्तिले आफ्नो पार्टीलाई बदनाम गर्न कोशिस गरेको बताएका छन् ।
उनले आफ्नो पार्टीको नाम जोडेर पार्टीले कारवाही गरेका केही अराजकहरुले चन्दाका लागी दवाव दिइरहेको सूचना आएकोले यसबारे भ्रममा नपर्न सम्पूर्ण गुल्मेली जनसमुदायलाई अपिल गरेका छन् ।
नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ । महाधिवेशन सम्पन्न गर्न नेकपाले देशभर टोल, वडा, गाउँ, नगर, जिल्ला सम्मेलन गरिरहेको छ । यसअघि पनि नेकपाविरुद्ध ‘चन्दा आतंक’को भ्रमपूर्ण समाचारहरु प्रकाशित हुँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।