१९ बैशाख २०८१, बुधबार

सुर्योदयमा छेप्याल र रोङ्गमा पदमलाई सेक्रेटरी चयन गर्दै भेला सम्पन्न

0

ईलाम्र । ईलामको दुईपालिका सुर्योदय नगरपालिका र रोङ्ग गांउपालिकाको भेला सम्मेलन आज शुक्रबार सम्पन्न भएको छ । सम्पन्न भेलाले सुर्योदयमा छेप्याल लेप्चा र रोङ्ग गांउपालिकामा पदम लेप्चालाई पालिकाको सेक्रेटरिमा चयन गरेको छ । सुर्योदयमा ११ सदस्यिय र रोङमा १५ सदस्यिय कमिटी निर्माण भएको छ ।

भेला सम्मेलनमा पार्टिका जिल्ला ईन्चार्ज सुमनसिंह सुर्योदयमा र सेक्रेटरी मौसम रोङ गांउपालिकामा गएका थिए । कार्यक्रममा उनिहरुले राज्यले जनता र रास्ट्रको जिवनलाई ध्वस्त पारेको र यसबाट देशलाई मुक्त गर्ने पहिलो सर्त नै दलाल संसदिय ब्यवस्थाको अन्त्य भएको बताए । सहमती बाट भागेर राज्यले देशलाई द्वन्द्व तर्फ उन्मुख गराउन खोज्नु दुखद भएको बतांउदै यसको डटेर प्रतिबाद गर्ने बताए ।

सुर्योदयमा सम्पन्न भेलाको अध्यक्षता बिकासले गरेका थिए भने शुभकामना मन्तव्य अबिनाशले राखेका थिए । त्यस्तै रोङ्गमा सम्पन्न सम्मेलनको अध्यक्षता प्रकाशले गरेका थिएभने संचालन दिनेशले गरेका थिए । रोङ्गमा शुभकामना मन्तव्य बिमलले पनि राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।