१५ चैत्र २०८०, बिहीबार

डुङेश्वर गाउँ समितिको प्रथम सम्मेलन,  दैलेख पाङकोटमा सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी, दैलेख अन्तरगत डुङेश्वर गाउँ समितिको प्रथम सम्मेलन आाज डुङेश्वर गाँउपालिकाको वर्डानं ५ पाङकोटमा सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी कमरेड कलम विश्वकर्मा (दिपेन्द्र)ले आफ्नो पार्टी देशको स्वाधिनता र जनताको मुक्तिका लागि निरन्तर क्रान्तिमा रहेको कुरा वताउनु भयो ।

अहिलेको व्यवस्था दलालहरुको भएको कुरामा जोड दिदै जनताको व्यवस्था बैज्ञानिक समाजबादी व्यवस्था मात्र भएको ठोकुवा गर्नुभयो, देशलाई गुलाम वनाउन गरिएको राष्ट्रघाति एमसिसि खारेज गर्नु पर्ने, विगतमा केपि सरकार सँग भएको ३वुदेँ सहमति विरुद्ध पार्टीका माहासचिव विप्लव,पार्टी प्रवक्ता प्रकान्ड लगायतका नेताहरुको नाममा जारी भएको पक्राउ पुर्जी फिर्ता गरिनु पर्ने,  देशमा भएको भ्रष्टाचार, महङी नियन्त्रण गरिनु पर्ने कुरा उल्लेख गर्नु भयो । नेकपा दैलेखका सदस्य तथा ङुङेश्वर गाउँ समितिका ईन्चार्ज कमरेड सँघर्ष अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता ओमप्रकाश मल्लले गर्नु भएको थियो । सम्मेलनले ओमप्रकाश सेक्रेटेरी रहने गरि ५सदस्यीय ङुङेश्वर गाउँ समिति निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।