३१ भाद्र २०८१, सोमबार

समाजवाद समस्याको समाधान हो : सुशिल सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य  सुशिल सीले समावाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गरेका छन् ।
बाँकेको कोहलपुरामा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई आइतबार सम्बाेधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले समाजवाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गरेका हुन् ।
उनले भने,-‘समाजवाद उत्कृष्ट व्यवस्था हो, दलाल संसदीय व्ववस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद भनेका छौँ, यसको ठोस खाका अझै ल्याउन आवश्यक छ ।’
उनले कांग्रेस एमालेको गठबन्धन दलाल संसदीय व्यवस्थाको अन्तीम संकटको गठबन्धन भएको टिप्पणी गरे । उनले कुनै पनि बहानामा असफल संसदीय व्यवस्था टिक्न नसक्ने जिकिर गर्दै समाजवादका लागि सबै एकताबद्ध हुनुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आधार सी, बन्धु सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु विराट सी, रणदिप सीलगायतका नेताहरुले बोल्दै समाजवाद अहिलेको अपरिहार्य व्यवस्था भएको बताएका थिए । भेलाले महेन्द्र चन्दको नेतृत्वमा ११ सदस्यीय सल्यान –बाँके समाजवादी सम्पर्क मञ्च गठन समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।