३१ भाद्र २०८१, सोमबार

अखिल (समाजवादी) द्वारा राजर्षि जनक विश्वविद्यालयको स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता

0

धनुषा:  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले राजर्षि जनक विश्वविद्यालयको स्ववियु निर्वाचन कार्यविधि २०८१ अन्तर्गत स्ववियु निर्वाचनमा सहभागी हुनको लागि उम्मेदवारी दर्ता गरेको छ । 

समाजवादीले यस विश्वविद्यालय क्याम्पसका सबै विद्यार्थीहरूको पक्षमा निरन्तर सक्रियता देखाउँदै आएको उक्त संगठनले आफुलाई दाबी गरेको छ । आगामी स्ववियु निर्वाचनमा प्राज्ञिक र सामाजिक दुबै क्षेत्रमा विद्यार्थीहरूको हकहितका लागि सशक्त भूमिका निर्वाह गर्ने गरि घोषणापत्र निर्माण गरेको अखिल (समाजवादी) ले जनाएको छ ।

अखिल (समाजवादी) को तर्फबाट स्ववियु सभापतिमा BALLB पाँचौ सेमेस्टरमा अध्यनरत प्रयास कौशिक (धिताल) रहेको छन् भने सदस्यमा BALLB तेस्रो सेमेस्टरमा अध्यनरत हरिवंश शाह रहेका छन् ।

उनीहरुले क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुलाई विश्वविद्यालय सुधार र परिवर्तनको लागि अखिल (समाजवादी) लाई भोट गर्न आग्रह गरेको छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।