३१ भाद्र २०८१, सोमबार

युवा संगठनद्वारा बाढी, पहिराे, बस तथा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दीप प्रज्वलन

0

काठमाडौं/ युवा संगठन नेपालको आयोजनामा काठमाडौँ विभिन्न जिल्लामा बाढी, पहिराे, बस तथा विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति आज दीप प्रज्वलन गरि हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय सचिव अनिल सीले सम्बाेधन गर्दै विभिन्न अप्रिय घटनाहरु घट्नुका सम्पूर्ण कारण दलाल राज्य व्यवस्था नै भएको बताए । यसको सामाधान समाजवाद भएको ठाेकुवा समेत गरे ।
कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नुवाकोट इन्चार्ज जिवन सीले गरेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज छेम्बे सी लगायत युवा संगठनका नेता कार्यकताको उपस्थितिमा बिजि महलमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।