३१ भाद्र २०८१, सोमबार

जनयुद्दका महान सहिदको २० औ स्मृती दिवस कास्कीमा सम्पन्न

0

जनयुद्धका महान सहिद बिजय बास्तोला”क.अजित कोपिला रानाभाट “क सुमन “देवेन्द्र पोखरेल”क. संकल्प “उषा लामिछाने “प्रज्ञा”कुमार बिष्ट”क.तुफान”को २०औं स्मृति कार्यक्रम कास्की को पोखरामा आईतबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपाका स्थायी समिति सदस्य एव गन्डकी प्रदेश इन्चार्ज उमा सी ले सहिद क. अजित,  क. सुमन,  क. सन्कल्प, क. प्रज्ञा क.  तुफानको जनयुद्द मा गर्न अतुलनीय भुमिका रहेको उल्लेख गर्दै सहिदहरुप्रती सही मुल्याङकन गर्न राज्यले नसकेको बताईन । उनले सहिदको रगतले सिन्चीएको भुमीमा सहिदकै सपनाहरु लत्याउने काम भैरह्को भन्दै समाजवाद आएपछी मात्र सहिदहरुको उचित सम्मान गर्न सकिने तर्क राखिन ।

यस्तै पोलिट्ब्युरो सद्स्य एव कास्की इन्चार्ज आस्था सी ले सहिद परिवारका पीडाहरुमा राज्यले मलम समेत लगाउन नसकेको भन्दै राज्यले परिवर्तनका लागी लड्ने महान सहिदहरुप्रती बिशेष सम्मान र परिवारजनलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिईन । यस्तै सहिद परिवारको तर्फबाट बोल्दै प्रकाश बास्तोलाले सहिदको सपना पूरा गर्ने पार्टीलाई आफूहरुको साथ रहने बताएका थिए ।  बिजय बास्तोलाको जिबन सङ्गिनी देबि बास्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।