३१ भाद्र २०८१, सोमबार

मंगलसेन को स्मृतीमा श्रध्दाञ्जलि सभा

अक्षयकोषमा जम्मा भयो १ लाख ३० हजार

0

नेपाल कम्युनिष्ट पार्टी नवलपूर जिल्ला समितिका सल्लाहकार संयोजक चित्तलसिंह राना ‘मंगलसेन’ को स्मृतीमा शनिबार श्रध्दाञ्जलि सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

उहाँको सी संस्कृति बमोजिम श्रध्दाञ्जलि सभा  कार्यक्रम गरिएको हो । लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा सक्रीय ६१ बर्षिय मंगलसेन को असार ९ गते आईतबार दिउसो ३ बजे चितवनको भरपूर क्यान्सर अस्पतालमा उपचारको सिलसिलामा उहाको निधन भएको थियो ।

श्रध्दाञ्जलि सभामा बोल्दै नेकपाका स्थायी समिति सदस्य सन्तोष सी ले मङ्गलसेनले आफ्नो जीवनभर ईमान्दार क्रान्तिकारी कम्युनिष्ट बनेर जीवन बिताएको भन्दै देशभरका कम्युनिष्टले सादगी जीवनबारे वहाबाट सिक्नुपर्ने बताए । उनले सी सकृतीबमोजिम अन्त्येष्टि प्रक्रीया पूरा गरेकोमा परिवारलाई धन्यवाद दिदै अब सी सस्कृतीलाई देशब्यापी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेकपाका पोलिट्ब्युरो सदस्य प्रज्वलनले युद्दकालिन समयदेखी एकिकृत जनक्रान्तीसम्मको लामो यात्रामा अनवरत क्रान्तीको पक्षमा उभिनुभएका मङ्गलसेनको सपना समाजवाद भएको र नेकपा त्यही लक्ष्य लिएर अगाडि बढिरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार सदस्य ठाकुर प्र. चापागाई,  नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य किसन शर्मा गैरे,  नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य एव नवलपुर जिल्ला इन्चार्ज धन प्र. सापकोटा,  नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष कृष्ण प्र. गौतम , नेपाल राष्ट्रिय अभिभावक संघ केन्द्रीय उपाध्यक्ष श्यामशर्मा भुसाल,  प्रगतिनगर खानेपानी ब्यबस्थापन समिति सचिब इन्द्रमणि भुसाल,  प्राकृतिक चिकित्सालय रजहर ब्यबस्थापन समिति बरिस्ठ उपाध्यक्ष प्रेम प्रशाद न्यौपाने लगायतले मङ्गलसेनले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदान र उहाको सादगी चरित्रको बारेमा श्रध्दाञ्जलि मन्तव्य राखेका थिए । मंगलसेन सीकि जीवन संगिनी देविमाया राना (क. सर्मिला) ले मङ्गलसेनसगको सहयात्रा,  आफ्ना जीवन अनुभव र वियोगको क्षणबारे भनाई राख्नुभएको थियो ।यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य त्रय शरद सी,  आजाद सेन सी,  धिरज सी,  मिन सी,  केन्द्रीय प्रतिनिधि समिति सदस्य सुकुमार सी लगायतको उपस्थिती रहेको थियो । यस अघी नेकपाका महासचिव विप्लवले मङ्गलसेनको परिवारलाई घरमै पुगेर भेटघाट गरी श्रध्दाञ्जलि अर्पण गरेका नेकपा नवलपूर जिल्ला इन्चार्ज पदम सी ले जानकारी दिए

यस्तै मङ्गलसेनको स्मृतीमा अक्षयकोष पनी स्थापना भएको छ भने हालसम्म अक्षयकोषमा रु १ लाख ३० हजार रुपैया जम्मा भैसकेको जिल्ला इन्चार्ज पदमले जानकारी दिए । अक्षयकोषमा जम्मा भएको ७५% रकम सामाजिक कल्याणकारी काममा खर्च गरिने र बाकी रकम मूल धनको रुपमा रहदै जाने छ ।

श्रध्दाञ्जलि सभा को अध्यक्षता नेकपाका केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज जुझारु सी ले गरेका थिए भने सन्चालन  नेकपा नवलपुर का सेक्रेटरी सुमन सी ले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।