२२ भाद्र २०८१, शनिबार

उच्चस्तरीय राजनीतिक नेतृत्वको अगाडि विप्लवको दाबी, वैदेशिक हस्तक्षेप बढ्यो सचेत बनौं

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पछिल्ला दिनहरूमा प्रायः सार्वजनिक कार्यक्रमहरुमा सहभागी भई वैदेशिक हस्तक्षेप बढ्दै गईरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार पुष्पलाल केन्द्रले आयोजना गरेको कार्यक्रममा समेत सोही संकेत गरेका थिए । विप्लवले वैदेशिक हस्तक्षेप मात्रै होइन कम्युनिस्टहरु विच एकता जरुरी रहेको बताएपनि कमजोर र झुक्दै एकता नगर्ने संकेत समेत देखाए । एकताका नाममा समर्पित हुन नसकिने उनको भनाइ थियोे । आइतबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न पुगेका विप्लवले अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय भुमिकाका बिषयमा प्रश्न उठाउदै ध्यानाकर्षण गराएका थिए । शनिबारको बिषय पुनः उही दोहोर्‍याउदै वैदेशिक हस्तक्षेप बढेको ठोकुवा समेत गरे ।
उच्चस्तरीय राजनीतिक नेतृत्व प्रधानमन्त्री प्रचण्ड सहित ४ पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवा लगायतका शिर्ष दर्जन राजनीतिक नेतृत्वको अगाडि महासचिव विप्लवले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउदै नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको टिप्पणी गरे ।
उनलेे नेपालका स्रोत र साधन कब्जा गर्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुमा होडबाजी चलेको समेत बताए ।
जनतामा निराशा बढेको छ । समाधानका लागि सत्ताको नेतृत्वले प्रयास नगरेको बताउदै विप्लवले अदृश्य शक्तिले नेपालमा निराशाको बाढी ल्याएको समेत बताए ।
सम्बोधनका क्रममा महासचिव विप्लव सीले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउने विश्वाससमेत व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।