३० आश्विन २०८१, बुधबार

नेकपा स्याङजाद्वारा ठाउँठाउँमा साइनबोर्ड

0

स्याङजा/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्याङजाले जिल्लाका विभिन्न ठाउँमा साइनबोर्डहरु राखेको छ ।
मुख्यत स्याङजा जिल्लाको प्रमुख प्रवेशद्वार कास्की र स्याङजाको सीमाक्षेत्र कुभिन्डे, पाल्पा र स्याङजाको प्रवेशद्वार राम्दी लगायत अन्य सामरिक महत्वका ठाउँमा साइनबोर्ड राखेको हो । विभिन्न क्षेत्रबाट स्याङजा आउनेहरुलाई यहाँको चिनारीसहित स्वागतको लागी र नेपाल कम्युनिष्ट पार्टीको प्रचारप्रसार गर्ने हेतुले साइनबोर्डहरु राखिएको नेकपा स्याङजाका सेक्रेटरी दुर्गा सीले जानकारी दिए । पछिल्लो समय स्याङजा गण्डकी प्रदेशले प्रदेशभरका विभिन्न जिल्लाहरुमा साइनबोर्ड राख्ने निर्णय गरेको थियो । स्याङजाका जनयुद्धकालिन सामरिक, ऐतिहासिक र सांस्कृतिक ठाउँहरुमा समेत बोर्डहरु राख्ने तयारी गरिएको पार्टीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।