९ माघ २०८१, बुधबार

सडकमा बसेर तिहारे फूल बेच्दै नेकपा नेतृ शिलु

0

नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता यतीबेला कोही खेतमा काम गर्दै गरेका भेटिन्छ्न त कोही सडकमा आफ्नो उत्पादन बेच्दै गरेका । गण्डकी प्रदेशका विभिन्न जिल्लाका नेताहरु अहिले आफूले लगाएको धान लगायत उत्पादन लाई धन्काउन ब्यस्त छ्न ।

नेकपाका स्थायी समिति सदस्य समेत गण्डकी प्रदेश इन्चार्च उमा सी (शिलु) विहिबार नेकपा प्रदेश कार्यालयले उत्पादन गरेको तिहारे फूल लिएर पोखराको पृथ्वीचोक स्थित बाटोमा बसेर फूल बेचिरहेकी थिइन ।

‘बुधबार देखी सुरु भएको तिहारको अवसर पारेर आफ्ना उत्पादनहरुलाई बजारमा जनतासङ्ग अन्तरक्रिया गर्दै फूलहरु बेचेउ,  हामीले फूलमात्र बेचेनौ हाम्रो पार्टीका निति,  कार्यक्रम,  योजनाका बारेमा पनि जनतालाई भनेउ,  निकै उत्साही भएर जनताहरुले फूल किन्नुभयो ।’ नेतृ शिलुले जनपत्रीकासङ्ग कुरा गर्दै भनिन,  हाम्रो उत्पादन नितिप्रति जनताहरु निकै सकारात्मक हुनुभयो,  कतिपयलाई उत्पादन हेर्न आउन निम्तो पनि दिएका छौं ।’

 

  प्रदेश कार्यालयले लगाएको फूलहरु बेच्नको लागी उत्पादन विभाग प्रमुख उषा सी,  युवा सङ्गठन नेपालका प्रदेश इन्चार्ज विवेक सी,  युवा सङ्गठन कास्कीका इन्चार्ज मिलन सी,  अखिल समाजवादीका गोरखाका अध्यक्ष भिषण सी लगायतका नेताहरु पनि उपस्थित थिए । प्रदेशले विहिबारमात्रै रु १० ह्जारभन्दा माथीका फूलहरु बेचेको छ । यो क्रम तिहारको दिनसम्म रहने र कतिपयलाई बगैचामै फूलहरु टिप्न परेमा पोखरा १४ छिनेडाडामा रहेको पार्टीको प्रदेश कार्यालयमा आउन उत्पादन विभागका प्रमुख उषा सी ले अनुरोध गरेकी छ्न ।

 

नेकपाले पछिल्लो समय उत्पादनको निति बमोजिम गण्डकी प्रदेशले काक्रा,  साग,  बोडी,  हरियो धनिया,  बोडा लगायतका उत्पादन बेचिरहेको छ भने ब्रो काउली, तोने बोडी लगायतका उत्पादन तयारी हुदैछ्न । प्रदेशले झण्डै १० रोपनी क्षेत्रफलमा धान उत्पादन पनि गरेको छ । प्रदेशका कास्की जिल्लाले धान,  कोदो, तिहारे फूल उत्पादन गरिरहेको छ भने तनहु,  स्याङ्जा,  लमजुङ,  पर्वत ,  गोरखा लगायतले धान उत्पादन गरेका छ्न । म्याग्दी जिल्लाले धान र केरा खेती गरिरहेको छ भने बाग्लुङ्ले पनी केरा,  धान र मरिच लगायतका खेती गरिरहेका छ्न ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।