९ माघ २०८१, बुधबार

वैदेशिक हस्तक्षेपविरुद्ध प्रदर्शनसहित नेकपाले पार्टी पुनर्गठन दिवस मनाउने

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले देशको स्वाधीनताको रक्षा र वैदेशिक हस्तक्षेपविरुद्ध बृहत् प्रदर्शनसहित काठमाडौँमा पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।
बुधबार नेकपा स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले काठमाडौँमा आयोजित पार्टी सम्बद्ध जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त बैठकमा आगामी मङ्सिर ८ गते पुनर्गठन दिवसलाई पर्वको रूपमा मनाउन लागिएको जानकारी दिएका छन् ।

मोहन वैद्य `किरण´ नेतृत्वमा रहेको नेकपा मा(ओवादी) बाट अलग भई महासचिव विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन भएको दिनको सन्दर्भलाई ऐतिहासिक दिनको रूपमा मनाउन लागिएको भन्दै प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गते नेपालका मजदुर, किसान , मध्यमवर्ग लगायत क्रान्तिकारी जनताले आफ्नो पार्टी, विचार र संगठन पुनर्गठन गरेको विशेष दिन भएको बताए ।

काठमाडौँको भृकुटीमण्डपमामा हुने कार्यक्रमको पूर्व तयारीका लागि भएको जवस/मोर्चाहरुको बैठकमा बोल्दै प्रवक्ता प्रकाण्डले पुनर्गठन दिवसमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, आहुती लगायत कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई सम्बोधनका लागि निमन्त्रणा गरिने समेत जानकारी दिएका छन् ।

मन्तव्यको क्रममा उनले अहिले देशमा साम्राज्यवादी शक्ति र दलाल पुँजीवादी वर्गको गठजोड निकै उच्चतामा पुगेकोले देशको स्वाधीनताको सवाल गम्भीर रहेको उल्लेख गर्दै पश्चिमाहरुले जसरी बङ्गलादेशलाई रणनीतिक उदेश्यमा प्रयोग गरे, नेपाललाई पनि बङ्गलादेश बनाउने प्रयत्न भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।