११ पुष २०८१, बिहीबार

सदस्यता समस्या समाधान गर्न जनपत्रकार संगठनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण

0

काठमाडौँ – जनपत्रकार संगठन नेपालले काठमाडौँ  शाखा लगायत विभिन्न जिल्लाहरुमा भएको सदस्यता विवादलाई प्रक्रियागत ढङ्गले टुंगो लगाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ।
बिहीबार महासंघको केन्द्रीय कार्यलय सञ्चारग्राम काठमाडौंमा महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई चार बुँदे  ज्ञापनपत्र बुझाउदै जनपत्रकार संगठनले ध्यानाकर्षण गराएको हो ।

संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माको नेतृत्वमा महासंघ पुगेको टोलीले कार्यवाहक अध्यक्ष अधिकारी लगाएतका महासंघको नेतृत्वलाई ध्यानाकर्षक पत्र वाचन गरेर सुनाएको थियो । तत्पश्चात अध्यक्ष विश्वकर्माले आफ्ना कुरा संगठनप्रति महासंघले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको बारेमा विगतदेखि आजसम्मको वृतान्त सुनाएका थिए ।

उनले हामीले पटक-पटक जेनियुन पत्रकार विगतदेखि  पत्रकारिता क्षेत्रमै रहेका साथीहरुलाई महासंघको विधानमा टेकेर सबै प्रकृया पूरा गरि पठाउदा पनि बिना कारण सदस्यताबाट बन्चित गर्दै आएको र अब पनि त्यही प्रक्रिया दोहोर्‍याईए महासंघविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बाहेक आफुसंग अर्को कुनै विकल्प नरहेको बताए ।

अध्यक्ष विश्वकर्माको विषयवस्तु सुनिसकेपछि अधिकारीले अहिलेको सदस्यता समस्या एउटा संगठन एउटा जिल्लाको मात्र नभएको बताउदै सबैलाई सम्मानजनक तरिकाले सम्बोधन गर्न आफू प्रयत्नरत रहेको बताइन्  । उनले भनिन्, “तपाईहरुको मागप्रति  महासंघ गम्भीर छ यसलाई कुनै न कुनै तवरले हल गर्ने हाम्रो प्रयत्न रहन्छ।”

महासंघको ध्यानाकर्षण लागि अध्यक्ष शेरबहादुर विश्वकर्मासहित उपाध्यक्ष जानकी चौधरी, सचिवालय सदस्य शाहस भट्ट र रमेश महतराको सहभागिता रहेको थियो ।

 यस्ता छन् संगठनले महासंघको कार्यवाहक अध्यक्ष  र महासचिवलाई ध्यानाकर्षण गराएका चार बुँदा ….

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।