१५ बैशाख २०८१, शनिबार

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र जनपत्रकार संगठनबिच दुई बुँदे सहमतिपछि खुल्यो ताला

0

 

काठमाडौँ – नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समितिबिच दुई बुँदे सहमति भएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयले अन्तिम पटक काठमाडौं जिल्ला शाखासँग शाखाले नयाँ सदस्यता सिफारिस गर्दा तयार पारेको कैफियत प्रतिवेदन माग गर्ने सहमति भएपछि जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले माघ १७ गते प्रदेश कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको हो ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष श्रीजन झाले जनपत्रकार संगठनको मागप्रती आफु लगाएत सिंगो समिति प्रतिवद्ध रहेको बताए।
जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले पत्रकार महासंघ जिल्ला शाखामा सदस्यताको लागि आवेदन परेका ६४३ सदस्यहरुको छानबिन गरि यथाशिघ्र सार्वजनिक गर्न माग गर्दै जिल्ला शाखाको पटक-पटक ध्यान आकर्षण गराउदा पनि प्रदेश र जिल्ला शाखाबिच आरोप प्रत्यारोप लगाउंदै एक अर्कालाई दोष थोपर्ने कार्य गरेपछि दुई बुँदे मागसहित संगठनले प्रदेश कार्यालयमा तालावन्दी गरेको थियो। तालाबन्दी पछि उपत्यका सहमतिको बिन्दुमा पुगेको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।