
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक साँझ ८:३० बजे शिवगढीमा सम्पन्न भएको छ । बैठकले महासचिव विप्लव सीद्वारा ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्तुत प्रस्ताव सुझावसहित पारित गरेको समाचार छ । भाेलि साेमबार बिहान ९ बजेदेखि पिबि बैठक सुरु हुने जानकारी जनप्रचार तथा प्रकाशन विभागका इन्चार्जसमेेत रहेका स्थायी समिति सदस्य अनिल सीले जनपत्रिका अनलाइनलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्