दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टी सदस्य पुनाराम चौधरीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आइतबार सो पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै दिवंगत चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका-२ पहलुवा निवासी पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम दङ्गीशरण गाउँपालिका इन्चार्ज जिवनी सीका ससुरा बुवा तथा पार्टीका सदस्य पुनाराम चौधरीको मंसिर २३ गते विहान ४ बजे दुखद निधन भएको हो ।
यस्तै श्रद्धाञ्जली वक्तव्यमा पार्टीले इमानदार अभिभावक गुमाएर क्षती बेहोरेको स्पष्ट पारिएको छ भने दिवंगत चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सम्पुर्ण पार्टीपंक्तिमा गहिरो समवेदना प्रकट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्