काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय प्रतिनिधि सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय काेषाध्यक्ष जीवनी सीका ससुरा बुवा पुनाराम चाैधरीकाे निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीले साेमबार शाेक वक्तव्य जारी गरि पार्टीका एक अथक याेद्धा (कार्यकर्ता) पुनाराम चाैधरीकाे ६५ वर्षकाे उमेरमा यही मंसिर २३ गते क्यान्सरकाे राेगबाट आफ्नै निवास दाङ तुलसीपुर उपमहानगरपालिका- २ पहल्वामा भएको निधनले सिङ्गो पार्टी पंक्तिलाई दुखित बनाएकाे बताएका छन् ।
यस दुखद घडीमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शाेकमग्न परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
नेकपाकाे स्थानीय किसान संगठनमा कार्यरत पुनारामले लामाे समयदेखि क्यान्सर राेगसंग संघर्ष गर्दै आउनु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्