कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले कपिलवस्तु शिवगढीमा छाडा चौपायालाई सङ्कलन गरेर गौशाला सञ्चालनमा ल्याएको छ । गौशालामा १५० वटा गाई–गोरु रहेका छन् ।
कपिलवस्तु जिल्लामा ३ हजार छाडा चौपाया भएको अनुमान गरिएको छ । छाडा चौपायको कारण सडक दुर्घटना हुने, बालीनाली क्षति हुने समस्याले जनता पीडित भएको बेलामा युवाहरुले गौशाला संचालन गरेर यो समस्याको समाधान गर्ने अभियान सुरु गरेका छन् ।
२०० गाई पाल्न वार्षिक २५ लाख खर्च हुने गरेको युवा सङ्गठन नेपालले जनाएको छ । मल, दूध, गोरु विक्री र नगरपालिकाको अनुदानसमेत गरेर गौशालाले वार्षिक ५ लाख नाफा कमाइरहेको युवा नेता गणेश सीले बताए ।
१० जना युवाले रोजगारी पाएको गौशालामा नजिकै ३ विघा जग्गा भाडामा लिएर खेती पनि गरिरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्