कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सकिएको छ ।महासचिव विप्लवद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं,_ समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आइतबार सकिएको हो ।
मङ्सिर २७ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा पोलिट ब्युरो सदस्य हुँदै केन्द्रिय सदस्यहरुले दस्तावेजको सैद्धान्तिक, राजनीतिक, संगठन र आगामी आवधिक योजनाबारे धारणा राखिसकेपछि आज स्थायी समिति सदस्य र महासचिव विप्लवले सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा आइतबार बोल्नेहरुमा सुदुरपश्चिमबाट समर, काठमाडौँबाट ज्ञानु, कालिकोटबाट बलवान्, लुम्बिनीबाट हेमन्त, विक्रम, रोल्पाबाट मणिराज, नवलपरासीबाट विश्वास, चुरेबाट बिमल, बागमतीबाट धर्म, सुदुरपश्चिमबाट देव, रोल्पाबाट जागृती, सुनसरीबाट विवश, रोल्पाबाट आक्रोश रहेका छन् ।
त्यस्तै बैठकमा नवीन, किम, अबिचल, प्रचारप्रसारबाट दर्शन, दाङबाट सम्झना, संखुवासभाबाट देव सी, कालिकोटबाट रणदिप, युवाबाट दिनेश, नवलपरासीबाट राजु, केन्द्रिय सदस्य गोपाल, मधेसबाट इन्द्र, माडी उत्पादन केन्द्रबाट सन्देशले प्रस्तुत दस्तावेज लगायत समसामयिक विषयमा बोलेका छन् ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकारहरु जीत बहादुर, यादव, सुन्दर, सन्तोषी र होमले सुझावसहितको धारणा व्यक्त गरेका थिए ।