काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले विदेशी शक्तिले नेपालको मौलिक संस्कृतिमाथि आक्रमण गरेको भन्दै प्रतिरोध गर्न ‘जनसंस्कृति संरक्षण विभाग’ गठन गरेको छ । स्थायी समिति सदस्य सन्तोष सीको संयोजकत्वमा गठित सो समितिमा माइला सी (काठमाडौँ), सुमन सी (ताप्लेजुङ), गणेश सी (कपिलवस्तु) र इन्द्रदेव सी (धनुषा) र कृष्णहरि सी (भक्तपुर) रहेका छन् । विभागले जनसंस्कृति संरक्षणको लागि संग्रहालय बनाउने, राज्यलाई दबाब दिने, जनसंस्कृति संरक्षणका विभिन्न कार्यक्रम बनाउने तथा दिशा–निर्देश गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्