२४ पुष २०८१, बुधबार

चुनाव संघर्ष मोर्चाकै एक विकल्प : सुमनसिंह

0

धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंहले देश र जनताको भविष्य निर्माण गर्ने अबको एकमात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएको र चुनावी मोर्चा संघर्षको एक विकल्प भएको बताएका छन् ।

आज सुनसरीको धरानमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेता सिंहले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालको पछिल्लो परिस्थितिबारे विश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवाद नै अबको देश र जनताको सुनौलो भविष्यको आधार रहेको बताएका हुन् ।

आजको समाजले नयाँ नयाँ कुरा चाहेको र पुराना राजनीतिक दलप्रति वितृष्णा बढेका बेला विभिन्न शक्ति राष्ट्रहरुले नयाँ नयाँ पात्र खडा गरेर जनतालाई भ्रमित पारेको उनले बताएका छन् । नेकपाले चुनावी मोर्चालाई संघर्षकै मोर्चाको रुपमा लिएको र त्यसले दलालहरु अतालिएको समेत उनले बताएका छन् । आज धरानमा पार्टीका महासचिव विप्लव सीले किरात–लिम्बुवान प्रदेश अन्तर्गत रहेका पार्टीको नेताकार्यकर्तालाई प्रशिक्षण दिने छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।