पूर्वी नेपाल भनेर चिनिने कोशी नदी पूर्व (किराँत–लिम्बवान प्रदेश) का एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत पार्टीहरुमा विद्रोहको आगो सल्किएको छ । झापाबाट फैलिएको संसदवाद विरुद्धको डढेलो नेकपाका महासचिव विप्लव सीको सोमबारको सुनसरी भ्रमणसँगै प्रदेशभरि फैलिएको छ । विद्रोह गर्ने नेताहरुमा माओवादी केन्द्रका खेम प्रधान ‘बलिदान’, एकीकृत समाजवादीका पिबिएम कृपाल सुवेदी, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु किरण ओझा, राधाकृष्ण आचार्य, एमालेका जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीकी केन्द्रीय सदस्य मञ्जु सरदार, माओवादी केन्द्रका हरि श्रेष्ठ, पम्पु खान, परशुराम राई, धनबहादुर थापा, उषा श्रेष्ठ, गंगा गिरी, हरि बस्नेतलगायत छन् । नेकपामा धु्रवीकृत क्रान्तिकारीहरुलाई महासचिव विप्लव सीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्