नेपाल कम्युनिस्ट पार्टी सप्तरीले कृषि सामुहिक उत्पादन गर्ने निर्णय गरेको छ । वनरझुल्लामा बसेकाे तेस्रो जिल्ला बैठकले साे निर्णय गरेको हो । रामनाथ सीकाे अध्यक्षतामा बसेकाे बैठकमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजन सीले निर्देशनात्मक प्रशिक्षण दिएका थिए । बैठकले सप्तरीका सहिद तथा बेपत्ता याेद्धाका परिवारसँग भेटघाट र छलफल गर्ने निर्णय गरेको नेता राजन सीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्