
वीरगंज – वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे र सहिद सिजनराज पाण्डेको स्मृतिग्रन्य लोकार्पण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । माघ १२ गते शनिबार वीरगंजमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
कार्यक्रममा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता हुनेछ छ । कार्यक्रममा मधेस विश्व विद्यालयका उप–कुलपति दीपक शाक्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, कवि ऋतु आशिक, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेकपाका स्थायी समिति सदस्य अनिल सी लगायत वक्ताहरू उपस्थिति रहने पुस्तकको प्रकाशक तथा कार्यक्रम आयोजक संस्था जनप्रचार तथा प्रकाशन विभागका प्रबन्ध निर्देशक सन्जिव नेपालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्