१० फाल्गुन २०८१, शनिबार

जुम्लामा पाँच दिने स्कुलिङ्गको उद्घाटन गर्दै सुशिलले भने ‘नयाँ स्कुलको आवश्यकता छ’

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालका कम्युनिष्टहरुलाई नयाँ कम्युनिष्ट स्कुलको आवश्यकता रहेको बताएका छन ।
नेपाल कम्युनिट पार्टी कर्णाली प्रदेशको आयोजनामा माथिल्लो कर्णालीका अगुवा कार्यकर्ताहरुको ५ दिने स्कुलिङ्ग कार्यक्रमको जुम्लाको धाचुँमा उद्घाटन गर्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका नेता सुशिल सीले कम्युनिष्टहरुको लागि पुरानो कम्युनिष्ट स्कुल मात्र नभई नयाँ कम्युनिष्ट स्कुलको आवश्यकता रहेको बताएका हुन ।
उनले २० औं सताव्दीको कम्युनिष्ट स्कुल मात्र नभई २१ औं शताब्दीको विकसित कम्युनिस्टहरूको स्कुल जरुरी भएको बताए ।
उनले माक्र्सवाद, लेनिनवाद र माओवादको आधारभूत कुरामा टिकेर नेपाली विशेषता अनुसारको क्रान्तिको मोड विकास गर्ने गरी नयाँ स्कुल चाहिने टिप्पणी गरे ।
‘एकीकृत जनक्रान्तिको स्कुल भनेको कम्युनिष्ट आन्दोलनका लागि विकसित नयाँ स्कुल हो’ नेता सुशिलले भने, ‘यो माक्र्सवाद, लेनिनवाद र माओवादको जगमा विकास गरेको नयाँ स्कुल हो । हामी रुसी र चिनियाँ दुवै कम्युनिष्ट स्कुलले मात्र नेपाली क्रान्ति पुरा हुँदैन भन्नेमा छौँ । नेपाली विशेषतामा नयाँ क्रान्तिको मोड र स्कुल आवश्यक छ । त्यसको लागि नेकपाले नयाँ स्कुल दिदै आएको छ ।’
उनले नेकपाले दर्शनमा विकास गरेको अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरण, राजनीतिक अर्थशास्त्रमा विकास गरेको एकीकृत स्वामित्वसंगै नयाँ आर्थिक मार्ग र वैज्ञानिक समाजवादमा विकास गरेको नेपाली विशेषताको समाजवाद कम्युनिष्ट आन्दोलनको विकसित र नयाँ स्कुल भएको दाबी गरे ।
कार्यक्रममा स्कुलिङ्ग विभागका प्रमुख तथा पोलिट व्युरो सदस्य भेषराज सीले नेकपाले चलाएको स्कुल स्कुलिङ्ग मात्रै नभएर व्यवहारिक जीवनमा श्रमसँग जोडिएको विकसित नयाँ स्कुल भएको बताए ।
उनले एकीकृत जनक्रान्तिमा महासचिव विप्लव सीले लामो समयको अध्ययन, अनुसन्धानबाट संश्लेषण र विकास गरिएको नयाँ स्कुल भएको जिकिर गरे ।
उनले स्कुलले मानिसहरूलाई कम्युनिस्ट जीवन जिउने आधारहरूको बारे मार्ग निर्देशित गर्ने भनाई राखे ।
। स्कुलिङ्गमा दर्शन शास्त्रका वारे स्कुलिङ्ग विभागका इन्चार्ज तथा नेकपा स्थायी समिति सदस्य भरत सी, राजनीतिक अर्थशास्त्रकारे नेकपा पिविएम भेषराज सी, समाज विज्ञानका वारे नेकपा पिविएम असल सी, वैज्ञानिक समाजवादका वारे नेकपा केन्द्रीय सदस्य तिर्थ सी, र भौतिक विज्ञानकाबारे नेकपा केन्द्रीय सदस्य प्रयास सीले ज्ञानबद्धक विषयगत प्रशिक्षण दिने छन ।
स्कुलिङ्ग कार्यक्रममा कालिकोट, जुम्ला, मुगु र हुम्ला जिल्लाका करिब ४० बढी पार्टी केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि समिति सदस्य र जनवर्गीय संगठनका जिल्ला इन्चार्जको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।