१६ बैशाख २०८२, मंगलवार

नेकपाले पर्यावरण संरक्षणका लागि परामर्श र सहकार्य गर्ने

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पर्यावरण संरक्षणका लागि परामर्श र सहकार्य गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पर्यावरण संरक्षण विभागको हालै सम्पन्न  प्रथम बैठकले यस्तो निर्णय गरेको हो । गत बैशाख ११ गते नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पर्यावरण संरक्षण विभागका प्रमुख बसन्त सीको अध्यक्षता र नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
उक्त बैठकले पर्यावरणसंग सम्बन्धित विभिन्न विषयका विज्ञ तथा अध्यताहरुलाई विभागमा समावेश गर्ने र यसरी समावेश गर्दा विषयको विविधताका साथै क्षेत्रिय एवं लैंगिक सहभागितामा समेत ध्यान दिने निर्णय गरेको बताइएको छ ।
यसैगरी बैठकले पर्यावरण संरक्षणका विषयमा विभागको समग्र नीति योजना र कार्यक्रमको प्रभावकारीताका लागि पर्यावरणसँग सम्बद्ध विज्ञहरु छलफल गर्ने, पर्यावरणीय समस्या र समाधानबारे पहिले काठमाडाैंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने र क्रमशः देश अन्य स्थानहरुमा पनि पर्यावरण सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने, पर्यावरण संरक्षणका विषयहरुमा संघीय, प्रदेश तथा स्थानीय सरकारहरुको ध्यानाकर्षण गर्ने, विकास निर्माणका कार्यहरुमा वातावरणीय संरक्षणलाई जोड दिन पहल गर्ने, आगामी वर्षातको समयमा वृक्षारोपण कार्यक्रमहरु संचालन गर्ने, सरसफाई लगायत रचनात्मक कार्यंहरु संचालन गर्ने, पर्यावरण सचेतना र वातावरण संरक्षणबारे एक नयाँ प्रकाशन संचालन गर्ने, पर्यावरण सम्बन्धी विभिन्न प्रचारात्मक र सचेतना कार्यक्रमहरु संचालन गर्ने, पार्टीका बैठकहरु, भेला सम्मेलन तथा प्रशिक्षण र सभा लगायत अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत पर्यावरणका विषयमा छलफल बहस तथा जागरणका विषयहरु प्रस्तुत गर्ने र पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धित सरकारी तथा विभिन्न संघ संस्थासँग संवाद परामर्श र सहकार्यका लागि पहल गर्ने निर्न्यसमेत गरेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले पर्यावरण संरक्षणको विषय जीवनको अस्तित्वको विषय भएकोले यस विषयमा सबै सचेत बनाैं, सबैलाई सचेत बनाऊँ । सबै जिम्मेवार बनाैं । पर्यावरण संरक्षण कार्यमा आ-आफ्नो स्थानबाट अग्रसर बनाैं भन्ने नाराका साथ पर्यावरणसँग सम्बन्धित सबै पक्षहरु, सरोकार निकाय, बौद्धिक वर्ग, संचारकर्मी लगायत सम्पूर्णमा पर्यावरण संरक्षण कार्यमा साथ सहयोगका लागि आग्रह समेत गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।