
पोखरा – अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ केन्द्रिय समितिको विस्तारित बैठक आज पोखरामा सम्पन्न भएको छ । महासंघका संयोजक पिताम्बर सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका महासचिव विप्लव सी, पार्टी स्थायी कमिटी सदस्य शिलु सी, अतिथि पार्टी पीबीएम सन्देश सी र नेकपा कास्की जिल्ला इन्चार्ज आस्था सीको उपस्थिति रहेको थियो ।
बैठकले आगामी जेठ ३१ गते चितवनमा राष्ट्रिय भेला गर्ने महत्वपूर्ण निर्णय गरेको छ । साथै बैठकले हाल देशभर भइरहेको स्वास्थ्यकर्मीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सम्बन्धित निकायलाई यस विषयमा गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
स्वास्थ्यमा रहेको विकृति र विसंगतिको विरुद्ध संघर्ष गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा जनस्वास्थ्य भवनको सञ्चालनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठककाे सञ्चालन भिम सीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्