२४ असार २०८२, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओढाएर नेता शिव सीको अन्त्येष्टि

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवालय सदस्य शिव सीको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ ।
गएराती हृदयघातका कारण निधन हुनुभएका नेता शिव सीको सोमबार हापुर खोला र बबई दोभान (कोठरीको घाट) मा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको हो ।

नेता शिव सीको पार्थिव शरीरमा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुरका इन्चार्ज प्रदिप सी लगाएत मृतकका परिवार, पार्टीका नेताकार्यकर्ता लगाएतले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओडाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

अन्त्येष्टिमा पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले दिवंगत पार्टीका नेता शिव एक होनहार, इमानदार, कर्तव्यनिष्ठ, वर्गप्रति वफादार नेता भएको टिप्पणी गरे ।

उनले भने – ‘उहाँ महान जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म निर्भरतापुर्वक वर्गप्रति वफादार एक होनहार नेता हो । उहाँको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु थियो । उहाँको समाजवाद प्राप्तिको सपना पूरा गर्न पार्टी प्रतिबद्ध छ । कमरेड शिवको सपना हामी पूरा गर्नेछौं ।’

नेता सविन सीले दिवंगत नेता शिव सीको मृत्यु संस्कार पार्टीले अवलम्बन गरिरहेको सी संस्कार अनुसार गरिने समेत बताएका छन् ।

नेता शिव सीको ५२ वर्षको उमेरमा गएराती ७:५० बजेतिर हृदयघातका कारण अकल्पनीय, असमायिक दुखद निधन भएको हो ।

उहाँकी आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकी जिवनसंगिनी सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

दिवंगत नेता शिव सीका दुई छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।