२५ असार २०८२, बुधबार

प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत–समाजवादी), नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल, नेकपा, नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जसपा, राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानले प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणको विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
असार २७ गते शुक्रबार दिउँसो १.३० बजे शान्तिबाटिकामा हुने उक्त कार्यक्रमलाई सम्बद्ध दलका मुख्य नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
शान्तिबाटिका, जमल, घण्टाघर, बागबजार, पुतलिसडक हुँदै प्रदर्शनी मार्ग हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने उक्त जनप्रदर्शनका नाराहरु यस प्रकार हुने बताइएको छ ।
नाराहरु :
🔹विश्व साम्राज्यवाद – मुर्दावाद !
🔹साम्राज्यवादी युद्ध – बन्द गर !
🔹प्यालेस्टाइन माथिको आक्रमण – बन्द गर !
🔹अमेरिकी साम्राज्यवाद – मुर्दावाद !
🔹इजरायली फासीवाद – मुर्दावाद !
🔹विश्व शान्ती – कायम गर !
🔹इरानको सार्वभौमिकता – सम्मान गर !
🔹प्यालेस्टाइन सार्वभौमिकताको – रक्षा गर !
🔹प्यालेस्टाइन माथिको नरसंहार – बन्दगर !
🔹संयुक्त रास्ट्रसङ्घको बडापत्र – पालना गर !
🔹असङ्लघ्न परराष्ट्र नीति – पालना गर !
🔹राष्ट्रिय स्वाधीनताको – रक्षा गरौ !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।