१८ भाद्र २०८२, बुधबार

नेकपा कालिकोटद्वारा आगलागी पीडित ४ घर परिवारलाई राहत वितरण

0

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले शुभकालिका ६ मा गत साउन १५ गते वैद्युत सट भएर आगलागी भएका ४ घर परिवारलाई राहत वितरण गरेको छ । उक्त राहत वितरण कार्यक्रम सोही वडाका वडा अध्यक्ष दिप बहादुर शाहीको अध्यक्षतामा भएको थियो । साेही गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टीका पूर्व काठमाडौँ जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य डिआर सी, पार्टी केन्द्रीय प्रतीनिधि सदस्य तथा शुभकालिका गाउँ कमिटी इन्चार्ज तुफान सीको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले नेकपालाई विशेष धन्यवाद दिए । यसैगरी उनले आत्मनिर्भर देश बन्ने हो भने नेपालमा समाजवाद आउन धेरै टाढा कुर्न नपर्ने बताए ।
वडा अध्यक्ष दिप बहादुर शाहीले नेकपाको आफ्नै सी गार्मेन्टबाट उत्पादन गरेको लुगा कपडा पीडितलाई हस्तान्तरण गरेकोमा खुशी व्यक्त गरे ।
सोही राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य डिआर सीले आफ्नो पार्टी भन्दा पनि यहाँ दु:खमा परेको बेला सबै जनतालाई सहयोग गर्ने मुख्य कुरा रहेको बताए । उक्त कार्यक्रमकाे संचालन तुफान सीले गरेका थिए ।
राहत सामाग्री नेकपाले संचालन गर्दै आएको सी गार्मेन्टको लुगा र केहि खाद्यान्न गरी ६६ हजार बराबरको राहत वितरण गरेको पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा शुभकालिका गाउँ कमिटी इन्चार्ज तुफान सीले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।