२२ आश्विन २०८२, बुधबार

जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया मनहरीमा सम्पन्न

0

मनहरी । नेपाल कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका समितिद्वारा आयोजित “जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेन्जी आन्दोलनलाई अपराधिकरण होइन संस्थागत गरि अघि बढाउनुपर्ने कुरामा नेकपा मनहरीले जोड दिएको छ ।
पछिल्लो समय देशमा सिर्जित जेन्जी आन्दोलन र यसले निम्त्याएको घटनाप्रति राजनीतिक दलको बुझाइ तथा सिर्जित समस्या समाधानका उपायहरुको विषयमा गहन छलफल र बहसका लागि आयोजित अन्तरक्रिया कार्यक्रम रजैयामा भएको हो ।

बुधबार भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले सान्दर्भिक जेन्जीको आन्दोलन तुहिन दिन नहुने बताउँदै जेन्जी पुस्ताले चाहेको परिवर्तन नेकपा नेतृत्वको टीमले बाहेक अरुले गर्न नसक्ने बताए । साथै उनले युवाहरूलाई देशमै रोजगारको सिर्जना गराएर परिश्रममा सहभागी गराउँदै आत्मनिर्भरताको लागि उत्पादनमा जोड्ने पनि नेकपा, भ्रष्टाचारको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपति रहनुपर्ने मागसहित आन्दोलित पार्टी पनि नेकपा, संसदीय व्यवस्थाले जनताको माग पूरा गर्न नसक्ने बताउँदै वैकल्पिक व्यवस्था नेपाली विशेषताको समाजवाद स्थापनाको लागि संघर्षरत पार्टी पनि नेकपा भएकोले जेन्जी आन्दोलनको पूर्णता केवल नेकपाले दिन सक्ने ठोकुवा गरे । यस्तै जेन्जीको खोल ओडेर लुटपाट र आगजनी गर्नेलाई नियमन गर्दै वास्तविक जेन्जी पुस्ताले गरेको आन्दोलन र विद्रोहलाई अपराधिकरण गर्न नपाइने उनले बताएका छन् । 

जेन्जी आन्दोलनको कारण संक्रमनकालिन स्थितिमा आइपुगेको नेपाली परिवेश सहि तरिकाले अवतरण गराउन नेकपा तयार रहेको बताएका छन् । राजतन्त्र ब्युत्याएर पछाडि फर्किने कुचेष्टा र उहीँ प्रवृत्तिका सत्ता सन्चालकहरु ल्याएर यथास्थिवादमै रहने दुस्साहस गर्‍यो भने जेन्जीहरुको बलिदान र आन्दोलनले न्याय नपाउने उनको भनाइ छ । यसका लागि देशभक्त युवाहरु एकजुट भइ नेपाली विशेषताको समाजवादको खाका तयार गरि देशमा भ्रष्टाचाररहित सुशासनको स्थापना गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी युवा जेन्जी पुस्ताको काँधमा आएको बताए । साथै यस विषयमा नेकपा सदैव जेन्जी पुस्ताको साथमा रहने बताएका छन् ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै संविधानसभा सदस्य तथा नेकपा एसका केन्द्रिय सदस्य राजाराम स्याङतानले जेन्जी आन्दोलन एक ऐतिहासिक जनआन्दोलन भएकोले यसलाई संस्थागत गरि थप निकास दिन सबै कम्युनिस्ट घटकहरु एकजुट हुनुपर्ने बताए । साथै अब देशलाई भ्रष्टाचारमुक्त देश बनाउँदै जेन्जी तथा ननजेन्जी नेपाली जनताको माग अनुरुप काम गर्न विचार र सिद्धान्त मिल्नेहरुसँग पार्टी एकता गर्न र कार्यक्रम मिल्नेसँग कार्यगत एकता गर्न तयार भएको बताए ।

यस्तै नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिकाका इन्चार्ज रामहरी सुवेदी, भोजसिद्ध मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेती, मनहरी-४ का पूर्व वडाध्यक्ष ध्रुव खड्का, नेकपा माओवादी केन्द्र मनहरी-२ का अध्यक्ष कुशल थिङ र रेडियो भरोसा मिडिया प्रा.लि.का सन्चालक तथा सन्चारकर्मी सशान्त तामाङले जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास भन्ने विषयमा आफ्नो सल्लाह सुझावसहित टिकाटिप्पणी गरेका छन् ।

साथै कार्यक्रममा मनहरी-८ का कार्यबाहक अध्यक्ष राम प्रसाद सुवेदी, नेकपा हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गोङ्बा, नेपाली कांग्रेस मनहरी-२ का उपसभापति शान्ति थिङ, जेन्जी प्रतिनिधि मनहरीका पासाङ मोक्तान, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समिति सदस्य तथा कालिपोखरी  डटकमका सम्पादक उमेश राई, विशेष पोस्ट मिडिया प्रा.लि.का संचालक सन्देश थिङ लगायतका आतिथ्यता रहेकाे थियो ।

जेन्जी युवा तथा अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुवास सी सन्चालन गरेका अन्तरक्रिया कार्यक्रमको सभाध्यक्ष नेकपा मनहरीका सेक्रेटरी सुर्य बहादुर गोले (सुर्य सी) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।