२२ आश्विन २०८२, बुधबार

जेनजी आन्दोलनको सफलता, समस्या र समाधान

0

                कमल थापा

 

 

जेनजी आन्दोलन

नेपालको इतिहासको ऐतिहासिक परिवर्तन आन्दोलनमा स्थापित जेनजी आन्दोलनलाई लिन सकिन्छ । जेनजी आन्दोलन वि.सं. २०८२ भदौ २३ गतेका दिनदेखि राज्यसंरचना परिवर्तन स्थायी सरकार अर्थात प्रत्यक्ष कार्यकारी प्रणाली, भ्रष्टाचार, नातावाद कृपावाद, समाजमा भइरहेको अन्याय, अत्याचार र २६ वटा सामाजिक सञ्जालहरु सरकारले गरेका प्रतिबन्धका विरुद्ध जेनजीहरुले विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा २८ वर्षसम्मका नयाँ पुस्ताको देशैभर उल्लेखनिय सहभागिता भयो । जसमा कलेजका, स्कुलका विद्यार्थीहरु ड्रेसमा झोला बोकेर विरोध प्रदर्शनमा सहभागी थिए । देशमा केपी नेतृत्वको एमाले काङ्ग्रेसको सरकार थियो उपस्थित विरोध प्रदर्शनमा सरकारको बढ्दो असन्तुष्ट नारा घन्किन थाल्यो ।विद्यार्थी युवाहरु बानेश्वरमा शान्तिपूर्ण तरिकाले नारा जुलुस लगाउदै थिए उहाँहरुले भ्रष्टाचारको विरुद्धमा निकै चर्का स्वरले नारा लगाए । उहाँहरु नारा लगाउदै अगाडि बढ्नु भयो । उहाँहरुलाई केपि नेतृत्वको सरकारले ती कलिला विद्यार्थी युवाहरुमाथि, आन्दोलनरत कोपिलामाथि पानीका फोहरा, टियर ग्यास फाल्नु भयो । उहाँहरुले त्यति मात्र होइन लाठी चार्ज गर्नु भयो हुदाँहुदाँ सरकारले देशको संविधानको २०२८ को (६) विपरीत गोलि चलाइ निर्दोष अधिकार माग्ने कलिला विद्यार्थीहरुमाथी ताकीताकी गोली हानी बर्बर दमन र हत्या गरियो । सम्झिदा पनि मुटु छियाछिया हुन्छ । पढी लेखी ठूलो मान्छे बनेर आफ्नो परिवारलाई खुशी परिवार बनाउनुपर्छ जस्ता आफ्ना थुप्रै सपना बोकेका ती सचेत युवाको सपना केपि सरकारको बन्दुकको गोलीले ति कलिला कोपिलाको चिहान बनाए । नजिकिदै गरेको दशै, तिहार टीका सँगसँगै ६ दर्जन भन्दा बढी सहिद भए । त्यति नै आमाको कोख रित्तो बनायो । यस आन्दोलनमा बझाङ्ग जिल्ला दुर्गाथली यस गाउँपालिका वडा नम्बर १ का भिम धामी र खप्तड छान्ना गाउँपालिकाका सुवास बोहरा सहादत भए । सुदुरपश्चिमभरिबाट ७ जनाको बलिदान भयो भने दर्जन भन्दा बढी काठमाडौंको ट्रमा सेन्टरको बेडमा उपचारत हुनुहुन्छ । कसैको गाउँसम्म खबर छैन, लुगा फेर्ने कपडा छैन, कोठामा चामल छैन, घरमा रुवाबासी छ तर पनि अस्पतालको बेडबाट युवाहरुले आन्दोलनमा धोका भयो, हाम्रो माग पूरा भएन जस्ता अन्तरिम सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् । जेनजी आन्दोलन नेपालको ऐतिहासिक र गौरव आन्दोलनको रुपमा स्थापित भएको छ ।

जेनजी आन्दोलनको सफलता

नेपालको इतिहासमा जेनजी आन्दोलनले आउँदो पुस्ताको भाग्य र भविष्य मात्र साकार होइन मुलुक परिवर्तनको मियो बनेको छ । लामो समयदेखि नेपालको सत्ता सन्चालनको बागडोर समालेका ठुला राजनीतिक दल जसले नेपालको महाकाली नदी, टनकपुर कोशी सम्झौता, MCC जस्तो राष्ट्रघाती सन्धी नेपाली जनताको इच्छा विपरीत विदेशीलाई सुम्पे । जसले नेपाली युवालाई नेपाली जनतालाई जे गर्दा नि हुन्छ मानसिकताबाट ग्रसित एमाले काङ्ग्रेस माओवादी नामका राजनीतिक दललाई जेनजी आन्दोलनको निसाना मात्र बनेन कुटिए, थेचारिए, आन्दोलनले तिनको घुडा टेकाए । देशको प्रधानमन्त्री केपी शर्मा वली राजीनामा दिएर बालुवाटारबाट हेलिकप्टरमा भाग्नु पर्यो । जनतालाई आँखामा नदेख्ने, दुईवटा ठुला दल मिलेपछि जस्ता ठुला अपराध गर्दा नि जनभावना विपरित काम गर्दा नि जनता चुप्प बस्छन् भन्ने तिनको मानसिकता जेनजी आन्दोलनले भत्काइदियो । त्यति मात्र होइन उक्त आन्दोलनले दलको संरक्षणमा रहेर गलत काम गर्ने, भुटानी, गिरिबन्दु जस्ता सयौ कान्डै कान्ड निकालेर कालो पैसा थुपार्ने प्रवृत्ति र संसदिय दलिय सिन्डिकेटको चुनौतिको सतिशाल पहाड बन्यो । त्यति मात्र होइन नेपालको संसदिय एमाले काङ्ग्रेसद्वारा सन्चालित सत्ता जेनजी आन्दोलनको नियन्त्रणमा आयो । जेनजी आन्दोलनको जित भयो आफ्ना मागसहित नयाँ सरकार गठन गर्ने ठाउँमा जेनजी आन्दोलन पुग्यो ।जेनजी आन्दोलन इतिहासको पानामा युगिन सफलतामा दर्ज भयो ।

आन्दोलन सफलतापछिका समस्या 

जेनजी आन्दोलन नेपाली समाजको आन्दोलन अर्थात नेपालका नयाँ पुस्ताको आन्दोलन हो । उक्त आन्दोलनले जित हासिल गरि सकेपछि जेनजीको माग संसद विघटन, प्रत्यक्ष कार्यकारी राज्यप्रणाली थियो त्यो भन्दा अगाडि जेनजीको माग अनुरुप अन्तरिम सरकार गठन प्रक्रिया अगाडि जेनजीहरुले काठमाडौँका मेयर बालेन शाहलाई प्रधानमन्त्री बन्न आह्वान मात्र गरेनन् कि उहाँलाई अहिले नेतृत्व लिन्नौ भने कहिल्यै नलेउ भनेका थिए उनले पूर्वन्यायधिश सुशिला कार्कीलाई समर्थन गरे जसलाई भारतिय मिडियाले १ दिन अगाडि नै बधाई दिएको रहेछ । त्यसपछि जेनजीको आह्वान हर्क साम्पाङलाइ थियो, आखिर सत्ता ढाल्ने पुस्तान्तरण गरेर नयाँ पुस्ताको लिडर बनाउने, युवा नेतृत्व बनाउने आन्दोलनको मुल मर्म थियो ठिक उल्टो जेनजी युवाहरुले चाहेको बालेन र हर्क साम्पाङ बाहेकबाट प्रधानमन्त्री चुनियो जसलाई ७० वर्ष भन्दा बढी नै उमेर भैसकेको थियो । जेनजी आन्दोलनको सुरुको अघिल्लो दिन संयोजक भनेर अन्तरवार्ता दिने २२ वर्षे मिराज ढुङ्गानाको सट्टा आन्दोलन सफल भएको दिनमा ३६ वर्षिय सुदन गुरुङ नामको मान्छेले जेनजीको नेतृत्व गरे जुन जेनजी उमेर समूहभित्र पर्दैनन् । जेनजीको प्रतिनिधि सुदन गुरुङले हर्क साम्पाङलाई उनले प्रधानमन्त्री ठाडै अस्विकार गरे उनले भारतिय मिडियाले आशिर्वाद दिएको र बालेन शाहले समर्थन गरेका सुशिलालाई प्रधानमन्त्री बनाउन सफल भए र मिडियामा उनलाई नेपालको पहिलो प्रधानमन्त्री भन्दै मिडियामा ल्याइ पात्र विशेष जनताकाे ध्यान त्यतातिर मोड्याइयो ।प्रत्यक्ष कार्यकारी प्रणाली, नवीन संविधान कसरी लेख्ने त्यो खालको म्यान्डेट बेवास्था गरी बालेन शाहले आफ्ना कानुनी सल्लाहकारलाई गृहमन्त्री र कानुनमन्त्रीको जिम्मा दिए । यसै संविधान यसै संसदलाई टेवा पुग्ने गरी प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरियो । यसमा जेनजी आन्दोलनलाई रिङि घुमिफिरी रुम्जाटार भने जस्तै ठाउँमा पुर्याइयो । अझै अचम्मको कुरा त हर्क साम्पाङलाई मन्त्री बन्ने भए भारतीय दुतावासलाई सहमत गराऊ भनेर भनेछन् यो के हो हाम्रो देश नेपाल नेपाली जनताको नौजवान युवाको बलिदानबाट क्रान्ति गर्नुपर्ने सरकार कुनै विदेशीको इसारामा बनाउनुपर्ने, मन्त्री बन्न दुतावासको आशिर्वाद चाहिने, सहिदको सपनालाई अबमुल्यन गरी उल्टै परिवर्तनका लागि लड्नेहरु जेल जानू पर्ने । जेनजी आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्दै आन्दोलनमा धकेल्ने बालेन शाह मौन बस्नुपर्ने, सहिदलाई श्रद्धाञ्जली समेत नदिने, आज जेनजी आन्दोलन अपराधीकरण गरिदा पनि चुइक्क नबोल्ने आन्दोलनमा भएका घाइतेहरुले प्रधानमन्त्रीलाई भेट्ने इच्छा राख्दा उहाँहरुलाई जेल चलान गर्नुपर्ने, बोल्ने नेतृत्व कोही पनि नहुने । मलाई लाग्छ जेन–जी आन्दोलनमा नौजवान युवाको स्वतःस्फूर्त साहस, बलिदान, जोस, जाँगर र क्रियाशीलता उदाहरणीय थियो तर उनीहरूसँग राज्य संरचना रुपान्तरण, संविधान पुनरलेखन, विचार थियो । जेनजीका माग जस्ताका त्यस्तै योजनामा ढाल्न सक्ने सम्बोधन गर्ने निडर नेतृत्व भएन । त्यसकारण जेनजी आन्दोलन आज अपराधीकरण हुने, मृतकलाई सहिद घोषणा गरि बाँचेकालाई जेल कोच्ने समस्या देखिन्छ । आन्दोलन विदेशीको कब्जामा गएको कारण नेपालका प्रचलित युवाका ढुकढुकी मानिने बालेन शाह ,सुदन गुरुङ पात्रहरु विदेशीको परिचालित पात्रको संकाको घेरामा छन् । यिनकै विश्वास गर्दा आज जेनजी आन्दोलन जसरी अलमल र अकर्मण्यतामा फसिरहेको छ, जसको फाइदा यी दुई पात्र बाहेक अरुलाई देखिदैन । त्यसरी नै देशलाई युक्रेन बनाइने खतरा र समस्या देखिन्छ । आफ्नो मागलाई दर्ज गर्न नसके जेनजीहरु देशबाट लखेटिने र मारिने उत्तिकै सम्भावना देखिन्छ ।

समाधान 

भन्ने गरिन्छ क्रान्ति गर्नु ठूलो कुरा हो भने त्यसलाई रक्षा र निष्कर्षमा पुर्‍याउनु महान कुरा हो । अहिले आन्दोलन भित्रै पनि नेतृत्व विवाद सुरु भएको छ । जो ठिक छैन, नेतृत्व विवाद स्वभाविक हो । किनभने, ठुलो आन्दोलनले सुझबुझसहितको निडर नेतृत्व खोज्छ यसमा कमजोरी भएकै देखिन्छ । यसै कारण फेरि पुरानो सम्भ्रान्त वर्गले आन्दोलनका नाममा सत्ता कब्जा गर्ने सम्भावना उच्च भइसकेको छ । त्यसैले सबै संसदीय व्यवस्था नमान्ने समूहको सामूहिक प्रतिनिधित्वसहित सर्वमान्य नेतृत्व सर्वपक्षिय देशभक्त, स्वतन्त्र अन्तिरम सरकार गठन गर्नु पर्ने ठाउँमा नेपाली जेनजीको ध्यान मोडिएन अन्तरिम सरकार विदेशीको अनुकूलतामा बन्दै गएको छ । स्वास्थमन्त्री नै भारतिय नागरिकलाई बनाएछन् जसले नेपालमा अंगकृत नागरिता लिएकी थिइन् । जेनजीको मागलाई सम्बोधन गर्नु भनेको नेपाली जनताको यो मुलुकको भविष्य सुनिश्चित हुनु हो । अब अन्तरिम सरकारले अध्यादेश ल्याउने हिम्मत गर्नुपर्छ संविधानकै धारा ११४ (२) मा अध्यादेशलाई ऐन सरह मान्ने भनिएको छ । यस्तो ऐन बनाएर धारा ७६ लाई संशाेधन गरेर दलिय सिन्डिकेट भत्काउनु पर्छ । अझै यसलाई सुझबुझ गरेर अगाडि बढ्नुपर्छ । यस्तो गरिएन अन्तरिम सरकारले धोका दियो भने जेनजी आन्दोलनलाई रक्षाका निम्ति यो व्यवस्थाका विरुद्ध सधैँ लडिरहेको पार्टी जसले जसरी जेनजीहरुले भाद्र २३ र २४ गते सहादत गरे उक्त पार्टीमा १२ जना युवाले यो व्यवस्थाका विरुद्ध केही वर्ष अगाडि सहादत गरेका छन् । उहाँहरुको पार्टी दर्तामा छैन प्रक्रियामा मात्र छ, स्वतन्त्र ढंगबाट अहिले पनि देशैभर खबरदारी गरिरहेका छन् । त्यसैले हिजोको दिनदेखि निरन्तर यो व्यवस्थाको खिलापमा लड्ने विप्लवलाई नयाँ पुस्ताले चिन्न जरुरी देखिन्छ । हामी युवाहरुका माग जस्ताका त्यस्तै राख्ने सक्ने त्यो निडरता विप्लवमा देख्छु । संरचना परिवर्तन गरिसकेपछि त्यसको आर्थिक दृष्टिकोण, सामाजिक दृष्टिकोण, नेपाली मौलिकताको संस्कृतिको दृष्टिकोण सबै विप्लवमा देख्छु । आजको जेनजी आन्दोलनमा यति धेरै सहिद, अपाङ्ग, घाइते भएर किन जेनजीले भने बमोजिम भइराखेको छैन भन्दा नेतृत्व बिहिन आन्दोलन हुनु र विदेशीले हाइज्याक गर्नुका कारण लिडर चिन्न नसक्नुको कारण हामी नयाँ पुस्ताको माग निष्क्रिय तर्फ गइरहेको छ । विगतका आन्दोलन र क्रान्तिबाट पाठ सिक्दै जेनजी आन्दोलनको रक्षा र मागलाई निष्कर्षमा पुर्‍याई शक्तिशाली आयोग गठन गरी २०४६ यताका नेता, मन्त्री, कर्मचारीको सम्पति छानबिन गरे जेनजी आन्दोलनले गरेको क्षतिको १०० गुणा तिनीहरुले जनताको कर दोहन गरेका छन् त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ । २ वर्षसम्म लकडाउनले थिलथिलाे परेको नेपाल, भुकम्पले थिला थिला परेको नेपाल नेपाली जनताले नै उठाएका हुन्, विश्वयुद्धमा धुलो पिठो भएको जापान आज विश्वकै उत्कृष्ट देश बन्न सक्ने, त्यहाँका जनताले बनाएका हुन्, नेपाललाई कोदो ऋण माग्ने साउथ कोरिया आज नेपाललाई कामदार बनाएर राखेका छन्, त्यसकारण पुरानो चिज, विचार मान्यताको ध्वशंमा नयाँ चिजको निर्माण विज्ञानको नियम हो । त्यसकारण जेनजी आन्दोलनको माग सम्बोधन भएन भने बृहत् विद्रोहको तयारीमा जुट्नुपर्छ । वार्ताबाट हुने षडयन्त्रलाई पनि परास्त गर्दै विगतबाट पाठ सिक्दै सत्ता कब्जा गरि लुटको सत्ता सदाका लागि बिदाइ गर्नुपर्छ । जेनजी माग बमोजिम नेपाली जनताको चाहनालाई समेट्ने गरि सत्ता निर्माण गर्नुपर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।