
काठमाडौँ – पर्सा जिल्लाका समाजसेवीहरु नेकपामा प्रवेश गरेका छन् । अधिवक्ता हरिशंकर प्रसाद चौहान र चमार कल्याण समाज, पर्साका जिल्ला कोषाध्यक्ष सन्तोष कुमार पासवान नेकपामा प्रवेश गरेका हुन् ।
मंगलबार पर्सा जिल्लाको पोखरिया गाउँ, विन्दवासिनीमा भएको भेलामा नेकपाका स्थायी समिति सदस्य अनिल सीले टिका लगाएर उनीहरूलाई स्वागत गरेका थिए । नेकपा, गरीब जनता र दलितको पक्षमा लड्ने पार्टी भएको कारण आफू पार्टी प्रवेश गरेको समाजसेवी सन्तोष कुमारले बताए ।
त्यसैगरी पार्टी प्रवेश गरेका हरिशंकर प्रसाद चौहानले नेकपा देश र जनताको लागि लड्ने पार्टी भएकोले आफू पार्टी प्रवेश गरेको बताएका थिए । कार्यक्रमको संचालन केन्द्रीय सदस्य फिरोज सीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्