२२ आश्विन २०८२, बुधबार

नेकपाको आन्दोलनले मात्र जेन्जी आन्दोलनको मर्म समेट्ने भएकाले जेन्जी पुस्तालाई नेकपामा गाेलबन्द हुन अपिल

0

 

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास के हो भन्ने विषयमा गहन छलफल र विचार मन्थन भएको छ । 

नेकपाको आन्दोलनले मात्र जेन्जी आन्दोलनको मर्म समेट्न सक्ने र सार्थक बनाउन सक्ने हुँदा आम जेन्जी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्द भइ अघि बढ्न नेकपा हेटौंडाले आव्हान गरेको छ । जेन्जी विद्रोह पश्चात् देशमा उत्पन्न संकट समाधानका विकल्पहरु के-के हुन् र यसको निकास कसरी दिन सक्छ भन्ने विषयलाई मध्यनजर गर्दै नेकपा हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा अखिल (समाजवादी) का केन्द्रिय अध्यक्ष नरेन्द्र सी रहेका छन् ।

कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै नरेन्द्र सीले मेचिदेखि महाकाली सम्म जेन्जीको आन्दोलनमा नेकपाले पूर्ण समर्थन गर्दै आन्दोलित भएको बताएका छन् । जेन्जी पुस्ताले चाहेको परिवर्तन नेकपाले लिएको एकीकृत जनक्रान्तिमार्फत नेपाली विशेषताको समाजवादले मात्र पूरा गर्न सक्ने उनले बताएका छन् । यसकारण सम्पूर्ण नेपाली जेन्जी तथा ननजेन्जी पुस्ताले पश्चगमनतिर होइन, नकि यथास्थितिवादमा फसेर नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि नेपाली विशेषताको समाजवादमा जाने जमर्को गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचीव बुर बहादुर घलान (ज्वाला) ले पनि आफ्नो विचार प्रस्तुत गरेका छन् । उनले मुख्यत जेन्जी उमेर समूहका पुस्ताले १० वर्षे जनयुद्धमार्फत संघर्ष गरेर स्थापना गरेको गणतन्त्रलाई भरपुर प्रयोग गर्दै समाजवादतर्फ उन्मुख हुनु नै अबको देश निर्माणको निकास हो भनेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुरका उपाध्यक्ष ध्रुव भुजेलले पनि आफ्नो मत व्यक्त गर्दै जेन्जी आन्दोलनले उत्पन्न गरेको राष्ट्रिय परिस्थितिलाई निकास दिलाउन अब सबै कम्युनिस्ट पार्टीहरु एक ढिक्का भएर देश निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका संयोजक सद्धाम हुसेन, नेकपा बहुमत मकवानपुरका सल्लाहकार प्रेम तितुङ, बौद्धिक मन्च मकवानपुरका अध्यक्ष डा. विमल केशरी, अधिवक्ता केशव गौतम, नागरिक सरोकार मन्छ मकवानपुरका संयोजक उमेश गुणी, नेकपा मालेका संयोजक हरिकृष्ण अधिकारी लगायतले आफ्नो टीका टिप्पणी सहित सल्लाह सुझाव प्रस्तुत गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी र जिल्ला सेक्रेटरी पेमा सीको विशेष आतिथ्यता रहेको छ भने सागर घताने लागयतको आतिथ्यता रहेको थियो ।

जिल्ला सचिवालय सदस्य सुर्य सीले सन्चालन गरेका जेन्जी विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रमको सभाध्यक्ष नेकपा हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।