२ कार्तिक २०८२, आईतवार

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न

0

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न भएको छ । पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सचिवालयको विशेष बैठक बसेको हो ।

हेटौंडा-१९, बस्तिपुरमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेश्रो विशेष बैठकले लिएका निर्णयहरुबारे विस्तृत रुपमा छलफल भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई दिशानिर्देश गर्दै कम्युनिस्ट केन्द्रिकरण गरि देशलाई निकास दिन आवश्यक छलफल भएको छ । 

साथै निर्दलिय अन्तरिम सरकारको विकल्पमा सर्वपक्षीय सरकार बनाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने र यसका लागि आवश्यक कार्यक्रमको तयारीका लागि कार्तिक ९ गते नेकपा जिल्ला समिति मकवानपुरको बैठक बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।