
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको विशेष केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुुमा सम्पन्न बैठकले महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पास गरेको छ ।
बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको जनसञ्चार तथा प्रकाशन विभागका इस्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।
बैठकका निर्णय आगामी कार्तिक २ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ ।
प्रतिक्रिया दिनुहोस्