१ कार्तिक २०८२, शनिबार

नेकपा केन्द्रीय समिति बैठक जारी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी छ । असोज २६ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्य, राजनीतिक परिषद (पोलिटब्युरो) सदस्य, सल्लाहकासहित तीन जना स्थायी समिति सदस्यले पनि आफ्नो धारणा रोखेका छन् ।

स्थायी समितिबाट सुशिल सी, भरत सी र शिलु सीले आ–आफ्नो धारणा राखेको स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले बताएका छन् । उनका अनुसार आगामी निर्वाचन, पार्टी दर्तालगायत विषयमा केन्द्रीय समिति एकमत देखिएको छ ।

विप्लवद्वारा प्रस्तुत प्रस्तावमा पनि अभूतपूर्व एकता र समान धारणा रहेको उनको भनाई छ । भोली बिहान बाँकी स्थायी समिति सदस्यले धारणा राखेपछि महासचिव विप्लवले बैठकमा उठेका जिज्ञासाको जवाफ दिनेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।