१ कार्तिक २०८२, शनिबार

बिपिन जोशीप्रति चितवनमा दीप प्रज्वलन कार्यक्रम

0

चितवन – बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै विप्लव निकट अखिल (समाजवादी) र युवा संगठन नेपालद्वारा मंगलबार चितवनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

चौबिसकोठिमा गरेको कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य पारस सीले गरेका थिए भने अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले सम्बोधन गरेका थिए । सम्बोधनमा अटल सीले बिपिन जोशीको हत्या प्रकरणबारे हालसम्म राज्यले प्रभावकारी खोजी अगाडि नबढाउनु गम्भीर गैरजिम्मेवारी भएको टिप्पणी गरे ।

“नेपालमा यो बीचमा थुप्रै सरकार फेरिए, तर बिपिन जोशीको विषयमा खोजी कार्य आजसम्म ठप्प छ । यो राज्यको गैरजिम्मेवारपन हो,” उनले भने । साथै उनले हाल गठन भएको सरकारले परराष्ट्र मन्त्री समेत नबनाएको उदाहरण दिँदै यसलाई “सरकारको कमजोर राजनीतिक इच्छाशक्ति र अक्षम नेतृत्वको संकेत” दिएका थिए ।

कार्यक्रममा विद्यार्थी, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले दीप प्रज्वलन गरी बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।